नवलपरासी,माघ ११ l नवलपरासीको कावासोतीबाट प्रहरीले लागुऔषध सहित दुईजना युवालाई पक्राउ गरेको छ । प्रहरीले भैरहवाबाट काठमाडाैंका लागि छुटेकोे लु २ ख ८०४ नम्बरको बसमा लागुऔषध लुकाई छिपाई ल्याउँदै गर्दा कास्की अन्नपुर्ण गाउँपालिका ८ बस्ने २४ वर्षका शिवबहादुर परियार र पोखरा महानगपालिका बस्ने २५ वर्षका राजेन्द्र नेपालीलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाईजापाम १६ एम्पुल , नुफिन १७ एम्पुल , फेनार्गन १६ एम्पुल बरामद गरिएको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखी आवश्यक अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY