पोखरा, १७ साउन l रोटरी क्लब अफ पोखरा लेकसाइडको दोस्रो पदस्थापनबाट भगतकुमार श्रेष्ठले अध्यक्षको पदभार ग्रहण गरेका छन् । चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठले उनलाई आगामी सन् २०१७÷१८ को लागि पदभार ग्रहण गराएका हुन् । असिस्टेन्ट गभर्नर नारायणप्रसाद शर्माले पद तथा गोपनीयताको शपथ खुवाए ।

प्रमुख अतिथि रोटरी इन्टरनेशनल ३२९२, नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर सञ्जय गिरीले कार्यक्रम उद्घाटन गर्दै शक्तिमा जोड दिए । उनले विभिन्न उदाहरण दिँदै संस्थामा अध्यक्षले मात्र केही गर्न नसक्ने हँुदा सबै सदस्य मिलेर अघि बढ्नुपर्ने बताए । उनले रोटरी लेकसाइडमा नयाँ क्लब भए पनि यसमा पुराना र अनुभवी रोटरियन भएकोले भविष्य सुखद रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले रोटरी स्वच्छ भएकोले यसमा आवद्ध सदस्य पनि मन र भावनामा पनि उत्तिकै स्वच्छ र निष्पक्ष बन्नुपर्ने सुझाव दिए ।

डिस्ट्रिक्ट गभर्नर नोमिनी किरणलाल श्रेष्ठले आपूm पनि पोखरेली भएको नाताले पोखराका रोटरीहरु मिलेर राम्रो काम गर्नुपर्ने बताए । उनले रोटरी लेकसाइडको लागि आगामी दिनमा छात्रवृत्तिमा सहयोग गर्ने वचनबद्धता पनि गरे ।

क्लबका सल्लाहकार विनोद कोइरालाले आफूले क्लबको लागि सक्दो सहयोग गर्ने बताए । क्लबका चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठले रोटरीमा लागिसकेपछि आफूलाई कुनै न कुनै रुपमा परिवर्तनको आभाष दिलाउनुपर्ने बताए । उनले रोटरीकै कारण आफू यहाँसम्म आइपुगेको चर्चा गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।

रोट्रयाक्ट क्लब अफ पोखरा लेकसाइडका चार्टर प्रेसिडेन्ट सुभाष मल्लले पनि शुभकामना मन्तव्य राखेका थिए । उक्त अवसरमा व्यावसायिक तरकारी उत्पादनमा जोड दिने पोखराका विश्वनाथ पराजुलीलाई भोकेस्नल अवार्डबाट सम्मान गरिएको थियो । उनको परिचय सदस्य सानुकाजी लिगलले गराए ।

यस्तै, डा गोपाल शिवाकोटी चिन्तन, हिमलाल पराजुली, शिवलाल सुनार, रमेश खाँण ठकुरी, राजन कुमाल र डिल्लीश्वर दाहाललाई नयाँ सदस्यता प्रदान गरियो । उक्त अवसरमा वर्ष २०१७÷१८ का अध्यक्ष भगतकुमार श्रेष्ठले आफ्नो कार्यसमितिको परिचय गराउँदै कार्यकालमा उल्लेखनीय कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम संचालन सचिव मोहनसिंह खड्काले थिए भने डिजीको परिचय सर्जेन्ट एट आर्म राजेन्द्र लिगलले गराए । भाइस प्रेसिडेन्ट घराना थकालीले स्वागत र धन्यवाद डाइरेक्टर पम्फा गुरुङले गरेकी थिइन् । नयाँ सदस्यको परिचय इलेक्ट प्रेसिडेन्ट जयराम पौडेलले गराए । उक्त अवसरमा क्लबले प्रकाशन गरेको स्मारिका द फेवा विमोचन गरिएको थियो । उक्त स्मारिकामा क्लबबारे सम्पूर्ण जानकारी उल्लेख गरिएको क्लब एडिटर विजय नेपालले बताए । गत वर्ष चार्टर्ड भएको क्लबमा ५२ जना सदस्य रहेको डाइरेक्टर शोभाकान्त सिग्देलले जानकारी दिए ।

LEAVE A REPLY