सुरेशराज अधिकारी
पोखरा, ९ माघ l अनुमतिबिना विश्वकर्मा समाज तालचोक इकाइले भवन निर्माण गर्न सुरु गरेको प्रदेश सभा र प्रतिनिधी सभाको चुनाव अगाडि नै हो । र निर्माण कार्य पनि चुनाव अगाडि देखिनै सुरु भएको हो ।
अवैध रुपमा बनाएको भवनको निर्माण कार्य रोक्नको लागि स्थानीयहरु पोखरा महानगरपालिकाका वडा नं २७ वडा कार्यालय, महानगरपालिकाको कार्यालय, इलाका प्रहरी कार्यालय डाँडाको नाक लगायतका ठाउँमा पुगेर गुनासो गर्ने र उजुरी दिने काम सकेका छन् ।
स्थानीयहरुले आफुहरुको गुनासो सरकारले नसुनेको गुनासो गरेका छन् । धेरै ठाउँमा पुग्दा सम्म पनि आफ्नो गुनासो सम्बोधन नभएको उनीहरुले बताएका छन् ।
पोखरा २७ तालचोकबाट पश्चिम बगादी खोलाको डिलमा रहेको १ रोपनी ३ आना जग्गामा अवैध संरचना बन्दै छ ।
राज्यले सार्वजनिक ठाउँमा कुनै पनि संघ÷संस्थाको भवन निर्माण नगर्न निर्देशन दिएको छ । तर त्यस ठाउँमा भने विश्वकर्मा समाजलेस्थानीय तह र स्थानीयलाई वेवास्ता गर्दै निर्माणको काम अघि बढाउँदै आएको छ । भवनको पुर्व तर्फको पर्खाल लगाउने काम सकीएको छ । अन्य पर्खाल गलाउने काम र झ्याल ढोका राख्ने काम भैरहेको छ । पछिल्लो समयमा बेलुका र रातीमा काम भैरहेको स्थानीयले बताएका छन् ।
पोखरा महानगरपालिका–२७ का वडा अध्यक्ष पूर्णबहादुर गुरुङ महानगरपालिकाले काम रोकेको बताए । त्यो विषयमा छानबिन भैरहेको उनले जानकारी दिए ।
स्थानीय सरिता सुवेदीले भवन निर्माण कार्य रोक्नको लागि धेरैपटक सरकारी निकाइलाई गुहारेको बताइन् । ‘काम रोक्नको लागि धरै कार्यालयमा धाउदा धाउदा नै हैरान भइयो, उनले भनिन्, ‘ निर्माणको काम त रोकिन्छ एक हप्ताको लागि मात्रै ।’ आफुहरु कार्यालयमा धाएको केही समय पछि काम गर्न सुरु गर्ने गरेर अहिले निर्माण कार्य सकिन लागेको स्थानीयहरुले बताएका छन् ।
घर निर्माणको लागि जग खन्दा देखि रोक्ने प्रयास गरेर विभिन्न ठाउँमा धाउदा पनि निर्माण सम्पन हुन लाग्दा सम्म काम नरोकिएको स्थानीय बेलबहादुर थापाले गुनासो गरे ।
महानपालिकाको कार्यालयमा स्थानीयले लागभग १५ दिन अगाडि निवेदन दिएको थिए । नगर प्रहरीले उक्त समयमा निर्माणको लागि प्रयोग गरेको समान नै जफत गरेको थियो । पोखरा महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङ र अधिकृत दिर्घनारायण पौडल संग उनीहरुले विश्वकर्मा समाज तालचोक इकाइले भवन निर्माण कार्य रोक्ने बाचा गरेको उपमेयर गुरुङले जानकारी दिइन । उनले निर्माण कार्य रोक्ने सर्तमा नगरपालिकाले कारर्बाही प्रकृया अगाडि नबढाएको जानकारी दिइन् ।
पोखरा महानगरपालिका–२७ बगदी खोलाको डिलमा रहेको १ रोपनी ३ आना जग्गा आफ्नो रहेको भन्दै यजयकृष्ण त्रिपाठीले वडा कार्यालयमा निवेदन दिएका छन् । विश्वकर्मा समाज तालचोक इकाइले भवन निर्माण गरेको जग्गा आफ्नो रहेको भन्दै त्रिपाठीले मंसिर १८ गते उजुरी दिएका हुन् ।

त्रिपाठीले उक्त जग्गा आफ्नो बाजेको पालादेखि भोग चलन गर्दै आएको १९९० सालामा नापी भइ २०३१ सालसम्म तिरो तिरेको र कित्ताकाट भइ दर्ता प्रक्रियामा रहेको तर तत्कालीन नापी कार्यालयले खरबारी भनी हाललाई दर्ता गर्न नमिल्ने भनी रोकिराखेको हुँदा आफ्नो परिवारले खेती गर्दै आएको उल्लेख छ ।

LEAVE A REPLY