फाईल तस्बिर

पोखरा, जेठ ७ l निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना पुनः सुरु गर्न निर्देशन दिएसँगै सोमबारबाट मतगणना हुनभएको छ । केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि शनिबार बेलुकादेखि मतगणना रोकिएको थियो ।

आइतबार बसेको सर्वदलीय बैठकले निर्वाचन आयोगलाई पत्र लेखेर पठाएपछि आयोगले ठूलो स्वस्तिक छाप भएकै आधारमा मतगणना रोक्न नमिल्दै भन्दै पुनः सुरु गर्न निर्देशन दिएको हो ।

आयोगबाट निर्देशनसहितको पत्र प्राप्त भएको र पत्रको ब्यहोरा सर्वदलीय बैंठकमा जानकारी गराएर सोमबार मतगणना कार्यलाई अघि बढाउने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।

LEAVE A REPLY