पोखरा, २४ साउन । रेडियो सराङ्कोटले विगत वर्षहरु झैं यस वर्ष पनि महिलाहरुको महान पर्व तीजको अवसरमा क्षत्री समाज नेपालको संयुक्त आयोजनामा खुल्ला तीज गीत नृत्य प्रतियोगिता गर्ने भएको छ ।

रेडियोले सामाजिक सद्भावका निमित्त हरेक कार्यक्रमलाई सहकार्यमूलक गरिने नीति अनुरुप यस वर्ष क्षत्री समाज कास्कीसँग सहकार्य गरी नृत्य प्रतियोगिता गरिने कार्यकारी निर्देशक कृष्ण थापाले बताए ।

समाजले हरेक वर्ष महिलाहरुलाई सहभागी गराई दर खुवाउने तथा गीत प्रतियोगिता गर्दै आए तापनि यस वर्ष खुल्ला रुपमा तिज पर्व नृत्य साथ गरिन लागिएको क्षत्री समाज कास्कीका अध्यक्ष पदम बहादुर कार्कीले बताए ।

भदौ ४ गते प्रदर्शनी केन्द्रमा हुने प्रतियोगितामा बढीमा ६ जना महिला सहभागी रहने, नृत्य गर्ने गीत तजिसँग मात्र सम्बन्धित हुनुपर्ने, विजयी समूह प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई ५ हजार दिइने छ भने सोही दिन समाजद्वारा बृहत दर खुवाइने कर्यक्रम समेत रहेको र सोको लागि जिल्ला अन्तर्गत समाजको समूह समूह कुपन वितरण भएको र सोही कुपनका आधारमा प्रवेश दिने कार्यक्रम संयोजक डिल बहादुर अधिकारीले बताए ।

रेडियोल सामाजिक उत्तरदायित्व तथा सामाजिक परिवेशमूलक कार्यक्रमलाई प्राथमिकता साथ राख्दै कार्यक्रमको प्रसारण गर्दै आएको छ ।

LEAVE A REPLY