भाद्र १४, पोखरा ।  नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना तथा जुनियर युवा रेडक्रस सर्कल श्री महेन्द्र मा.वि. पोखरालेखनाथ – ९, नयांबजारको व्यवस्थापमा जिल्लास्तरीय निबन्ध प्रतियोगितामा महेन्द्र मा.वि. लाहाचोकका छात्र मधुसदन तिवारी प्रथम हुन सफल भएका छन् ।
‘विपद व्यवस्थापन र राहत सेवा कार्यमा जुनियर युवाको भूमिका’ शिर्षकमा जिल्लास्तरीय रुपमा भएको निवन्ध लेखन प्रतियोगितामा पश्चिमाञ्चल मा.वि. पोखरालेखनाथ(४ गैह्रापाटनका छात्र सुलभ कतिला द्धितीय र एसओएस हर्मन माइनर गण्डकीका छात्र अर्बिन के.सी. तृतीय भएका छन् ।
जुनियर रेडक्रस सर्कल महेन्द्र मा.वि. पोखरा लेखनाथ ९ नयांबजारको व्यवस्थापनमा सो निबन्ध प्रतियोगितामा कास्की जिल्लाका ३२ सर्कलहरुको सहभागिता थियो । २०७४ श्रावण २७ गते संचालन गरिएको प्रतियोगिता आज सार्वजनिक गरिएको कास्की शाखाका सदस्य एवम् जुनियर युवा समितिका संयोजक राजेश कुमार घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगिताको निर्णायकहरुमा उप–प्राध्यापक कृष्ण पौडेल, रहनुभएको थियो ।

LEAVE A REPLY