४ बैशाख, काठमाडौं । राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा नायिका रेखा थापालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले महानगरको मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ र उपमेयरमा नायिका रेखा थापाको नाम सिफारिस गर्ने तयारी गरेको छ । काठमाडौं अध्यक्ष नवराज सिंखडाले  भने, ‘रेखालाई उम्मेदवार बनाउने हाम्रो तयारी हो ।’ उनका अनुसार उम्मेदवार बन्न प्रस्ताव गर्दा रेखाले छलफल गरौंला भनेकी छन् ।

@Onlinekhabar

LEAVE A REPLY