पोखरा २० बैशाख l राष्ट्रिय सूचना सञ्चार तथा प्रबिधि दिवस मंगलबार पोखरामा विभिन्न कार्यक्रम गरी मनाएको छ । क्यान महासंघ कास्कीले दिवसका अवसरमा प्रभातफेरी, अन्तरक्रिया, हाजिरी जवाफ, नेपाली टाइपिङ प्रतियोगीता सम्पन्न गरेको छ ।
प्रभात फेरीमा क्लब अफ टेक्निकल स्टुडन्ट्स (कट्स) नेपाल लगायत सूचना प्रबिधीसंग सम्बन्धित अन्य संघसंस्थाका प्रतिनिधिहरु गरी करिव ३५० जना सहभागी थिए । ¥याली न्युरोडबाट सुरु भई चिप्लेढुङ्गा हुँदै ट्रेडमलमा गएर समापन भएको क्यान कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले जानकारी दिए ।
त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयकी उपसचिव रुद्रा शर्माको प्रमुख आतिथ्यतामा अन्तरक्रिया भएको छ । उक्त अवसरमा बोल्दै उनले नेपालले सूचना तथा सञ्चार क्षेत्रमा छोटो समयमा धेरै प्रगति गरेको बताइन् । कट्स् नेपालका सूर्य तिमिल्सिनाले सूचना प्रबिधी र इन्जिनियरिङका विद्यार्थीका रचनात्मक गतिविधिलाई बजारसम्म ल्याउन क्यान कास्कीले उल्लेख्य भुमिका खेल्नुपर्ने बताए । क्यान कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले अहिलेको युग सूचना प्रबिधिको युग भएको धाररणा राखे ।
राष्ट्रिय सूचना सञ्चार तथा प्रबिधि दिवसको अवसरमा आयोजित टाइपिङ प्रतियोगितामा सेगा कम्प्युटर प्रथम भएको छ । ।

यसपटक द्वितीय ओम कामना कम्प्युटर लेखनाथ र तृतीय नेशनल कम्प्युटर पोखरा भएका छन् । हाजिरिजवाफ प्रतियोगितामा प्रथम सेगा कम्प्युटर लिंक पोखरा, द्वितीय इन्फोम्याक्स प्रालि पोखरा र तृतीय जि।एन। कम्प्युटर पोखरा भएका छन्

LEAVE A REPLY