पोखरा, १९ वैशाख । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाण्डौ द्धारा आयोजित पा“चौ संस्करणको “राष्ट्रिय लोक दोहोरी अवार्ड २०७४” आगामी असारमा हुने भएको छ । उक्त अवार्डले सिंगो नेपाली लोकदोहोरीलाई परिस्कृत र मर्यादित बनाउनुका साथै नेपाली मौलिकताको खोजिमा थप प्रेरणा प्रदान गर्ने विश्वासहर गरिएका छन् ।

उक्त अवसरमा विभिन्न २७ विद्यामा प्रतिष्पर्धाका साथै लाईफटाईम एचिभमेन्ट अवार्ड, उत्कृष्ट सदावहार गीत, कोरस गायन सम्मान, दशकका श्रष्टा सम्मान गरि ३१ विद्यामा अवार्ड प्रदान गरिने उपत्यका समन्वय समितिका संयोजक पि.एन सापकोटाले पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यसक्षेत्रमा रहेका कलाकारहरु पा“चौ संस्करणको अवार्डमा सामेल हुन अध्यक्ष सापकोटाले आह्वान समेत गर्नुभयो । असार १७ गते काठमाण्डौ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने उक्त अवार्डको समग्र प्रक्रियामा देशभरका हजारौ कालाकारहरुको सहभागीता रहने अनुमान गरिएका छन् ।
यसअघि उपत्यका समन्वय समितिले २०६९, ७०, ७१ र ७३ सालमा यो अवार्ड प्रदान गरेको थियो । यसले नेपाली लोक संगीतको क्षेत्रमा नया“ आयाम थप्ने विश्वासहरु गरिएका छन् ।
तर, पछिल्लो समय नेपाली संगीतको आकाशमा बादलका धब्बाहरु देखिन थालेको प्रति अग्रजहरुले चिन्ता व्यक्त गरेका छन् ।

LEAVE A REPLY