फाईल तस्विर

पोखरा, ९ भाद्र । नव आदर्श सामुदायिक विकास समाजद्वारा आयोजित रेडबुल राष्ट्रिय महिला भलिबल उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लब महिलाले हात पारेको छ ।
सशस्त्र प्रहरीको एपीएफ क्लबमहिला रशिवम न्यू डायमन्ड एकेडेमी फाइनलमा भिडेका थिए । पहिलो र दोस्रो सेटको खेलमा सशस्त्र प्रहरी एपीएफले न्यू डायमन्डल २५–१८अन्तरले जितेको थियो । तेस्रो सेटमा सशस्त्र प्रहरी एपीएफले २५–१२ नम्बर प्राप्त गरेर जित निष्चत गरेको हो । सशस्त्र प्रहरीको एपीएफले लामाचौमा भएको भएको प्रतियोगितामा पहिलोपटक विजयी हुन सफल भएको हो । अधिल्ला ३ वर्ष सम्म लगातर सशस्त्र प्रहरीको एपीएफ क्लब महिला र शिवम न्यू डायमन्ड एकेडेमी फाइनलमा भिडेका थिए तर विजयी भने लगातार तिन वर्ष सम्म न्यू डायमन्ड एकेडेमीविजयी भएको थियो । न्यू डायमन्ड एकेडेमी प्रतियोगितामा दोस्रो भई हार समालेको हो ।
सशस्त्रको एपीएफ नेपाल पुलिस क्लब माथि जित हासिल गदै फाइनलमा प्रवेश गरेको थियो गरेको हो ।सेमीफाइनलमा न्यू डायमन्डले पश्चिमाञ्चल भलिबल संघलाई जित्दै फाइनल पुगेको हो ।
नेपाल पुलिस क्लब र पश्चिमाञ्चलको भलिबल तेस्रो स्थानका लागि भएको प्रतियोगितामा नेपाल पुलिस क्लब पहिलो सेटमा २५–१८ ले अगाडि बढेको थियो । दोस्रो सेटमामा पुलिस क्लब तर्फकी शुसीला थापा बिरामी भएर खेलाबाट बाहिरीय पछि पश्चिमाञ्चल २५ –१८ को अन्तराले अगाडि थियो । त्यस छिका लगातर खेलामा नेपाल पुलिस क्लब२५– १९, २२–२५, २५– २२ ले अगाडि बढ्दै जित्न सफल भएको हो । क्रमश प्रतियोगितामा प्रथम पुरस्कार ७५ हजार १ सय १ रुपैयाँ, द्वितीय पुरस्कार ५० हजार १ सय १ रुपैयाँ, तृतीय पुरस्कार २० हजार र चौथो पुरस्कार १५ हजार रुपैयाँ सहित प्रमाणपत्रले सम्मन गरिएको छ ।
प्रतियोगिताको उत्कृष्ठ खेलाडीनेपाल पुलिस क्लबकी सरस्वती चौधारी, बेस्ट लिबेरोसशस्त्र प्रहरीको एपीएफकी कमला पुन , बेस्ट स्पाइकरन्यू डायमन्ड एकेडेमीकी प्रतिभा माली, बेस्ट ब्लकर सशस्त्र प्रहरीको एपीएफकी पबित्रा बिसी, बेस्ट सर्भरपश्चिमाञ्चलकी अरुणा शाहीर बेस्ट कोच सशस्त्र प्रहरीको एपीएफका ज्ञानेन्द्र विष्टलागि आकर्षक पुरस्कारले सम्मान गरेको छ ।
न्यू डायमन्ड एकेडेमीका कोच कुमार राईले फाइनलमा निर्णय रेफ्ररीले गरेको निर्णयमा चित्त नबुभलोको बताए । उनले भने, ‘अहिलेको जस्तो गर्ने हो भने हामी अर्के बर्ष देखि प्रतियोगिता भाग लिन आउदैनउ ।’रेफ्रेको निर्णयले खेलाडीको मनोबल घटेको उनले बताए । आफ्नो खेलाडीको कम्जोरी नहुँदा नै पराजय उनले समाधानलाई बताए ।
सशस्त्र प्रहरीको एपीएफ क्लबका कोचले ज्ञानेन्द्र विष्टले न्यू डायमन्ड एकेडेमीकोब्लक, चेक लगायतको खोलमा गिरावट आएको कारण जित हासिल गर्न सजिलो भएको बताए ।

 

LEAVE A REPLY