काठमाडौं, भदौ १४ l अखिल नेपाल फुटबल संघले बिहीबारदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय फुटसल लिगको तयारी पुरा भएको जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको कार्यक्रममा एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिनुभयो ।

भदौ २५ गतेसम्म हुने प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले उद्घाटन गर्ने कार्यक्रम छ ।  १६ वटा टिमले भाग लिने प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । उत्कृष्ट डिफेन्स, फरवार्ड, मिडफिल्ड र किपरलाई २० हजारका दरले पुरस्कार दिइने पनि एन्फाले जनाएको छ ।

फुटसल लिगको लागि एन्फा र टर्नपाइक प्रालिबीच ५ वर्षको सम्झौता यसअघि नै भइसकेको छ । सहमति अनुसार प्रतियोगितमा लाग्ने सम्पूर्ण खर्चको दुई तिहाई रकम टर्नपाइकले बेहोर्नेछ भने एन्फाले एक तिहाई बेहोर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी छनौट गरेर आगामी अक्टोबरमा इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप २०१८ को लागि टिम बनाइने एन्फाले जनाएको छ । @unn.com.np

LEAVE A REPLY