चैत २४ स्याङजा । स्याङजाको प्रशिद्ध धार्मिक तथा पर्यटकीय राम्चेदेबीमा चैते दशैको अवसरमा आयोजित दोस्रो चैते दशै मेला बुधबार सम्पन्न भएको छ ।

स्थानिय युवा क्लब तथा मन्दिर ब्यबस्थापन समितिको संयुक्त आयोजनामा गत १९ गते बाट स्याङजाको उच्च भागमा रहेको मन्दिर प्राङगणमा पाँच दिनसम्म चलेको मेलाको समापन स्याङजा क्षेत्र नं १ का सांसद राजु थापाले गरेका छन ।

उनले सो अवसरमा बोल्दै समुन्द्रि सतहदेखी २१ सय मिटरभन्दा माथी रहेको प्रसिद्ध धार्मिकस्थलको बिकासमा आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । मन्दिरको नजिकै पिउने पानीको उचित व्यबस्थापनका लागी तत्काल पहल थाल्ने पनि सांसद थापाले सो कार्यक्रममा प्रतिबद्धता व्यक्त गरे ।

मेलाको समापनको अवसरमा स्थानिय समाजसेबी मेजर दिल बहादुर गुरुङ, नेपाली काग्रेस साविक आरुखर्क गाबिसका सभापति नारायण प्रसाद पौडेल, मातृभुमी युवा क्लबका महासचिव बिनोद पौडेल लगाएतले धार्मिक तथा पर्यटनका हिसावले सुन्दर मन्दिर सम्म पुग्नका लागी सडको कठिनाइले गर्दापनि दर्शन गर्न पुग्ने दर्शानार्थीलाइ समस्या हुनुका साथै गलेम राँपु खामोहालेका स्थानिय समेत सो सडक खण्डमा पर्ने भिरको बाटोमा जोखिम मोल्दै हिड्न बाध्य हुनु परेको गुनासो गरेका छन ।

पाँच दिनसम्म मन्दिर परिसरमा चलेको मेला शितला युवा क्लब, मातृभुमी युवा क्लब र ढुकढुकी युवा क्लबको विशेष पहल र मन्दिर ब्यबस्थापन समितीको समन्वमा गत वर्षबाट निरन्तर हुँदै आएको छ । यस पटको मेलामा करिब ६ हजारले मेलाको अबलोकन गरेको आयाजकको दाबी रहेको छ । मेलामा स्याङजा सहित छिमेकी जिल्ला कास्की , पर्वत ,पाल्पा ,काठमाडौंका भक्तजन तथा मेला अबलोकनकर्ता रहेको जनाइएको छ ।

मेलामा लोक कलाहरु कृष्ण देबकोटा, चन्द्रा कार्की तुलसा जिसी, प्रकाश त्रिपाठी, प्रसाद लामीछाने, मनोज घिमिरे, बिरबल चलाउने लगाएतको बिषेश प्रस्तुती रहेको थियो ।

यस्तै १८ समुहबिच भएको भलिबल प्रतियोगिता अन्र्तगत प्रथम सिधाने युवा क्लब सिधाने र द्वितिय नुनठेक युवा क्लब नुनठेक भएको छ । प्रथम र द्वितिय क्लबलाई क्रमश ४० हजार र २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको ढुकढुकी युवा क्लबका अध्यक्ष मनकाजी गुरुङले जानकारी दिए ।

LEAVE A REPLY