पोखरा, ३ बैशाख । कला, संस्कृतिको संरक्षण गरौं, टोल टोलमा जागरण ल्याऔं भन्ने नाराका साथ २०६५ सालमा स्थापना भएको रामबजार तायाःमचाः नाच समितिले रामबजार नेवाःमिसाःपुचः र रामबजार ल्याम्हःपुचः को सहयोगमा नववर्ष २०७४ को पावन अवसरमा शुभकामना आदानप्रदान, चियापानका साथ मिस नेवाः ११३७ को विजेता मिस नेवाः अंशु शाक्य, फष्ट रनर अप निकिता लिगल, सेकेण्ड रनर अप पार्थना डंगोल र नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे लगायत पदाधिकारीहरु, सदस्य, नेवाःमिसाः पुचः कास्कीका अध्यक्ष शान्ति उदास लगायत पदाधिकारी, नेवाः ल्याम्ह पुचः कास्कीका अध्यक्ष लगायत पदाधिकारी र नेवाः पत्रकार पुचः कास्कीका अध्यक्ष लगायत पदाधिकारी गरी करीब ६० जनालाई एक समारोहका बीच श्रीकृष्ण मन्दिरको प्राङ्गणमा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि सांसद शारदा पौडेलले पानसमा दीप प्रज्वलन गरी राष्ट्रिय विभूति शंखर साख्वाको तस्वीरमा माल्यार्पण गरी उद्घाट गरिएको उक्त कार्यक्रममा रामबजार ल्याम्ह पुचःका बाद्यवादक कलाकार सुरज कुमार तझ्या, सरन ताम्राकार, सुजित प्रधान र विनु श्रेष्ठले नेवारी बाजा द्यो ल्याः गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सांसद शारदा पौडेलले फुलमाला, टिका र सम्मान पत्रले सम्मान गरिएको उक्त कार्यक्रममा आफ्नो इतिहास, कला र संस्कृति जगेर्ना गरी संरक्षण गर्न लागिपरेको रामबजार र पोखराका नेवा समुदायहरु एकजुट हुनुपर्ने विचार राख्नुहुँदै नववर्ष २०७४ सालले अझ सशक्त भै कला, संस्कृति संरक्षण गर्ने क्षमता श्रीकृष्ण भगवानले प्रदान गरुन् भन्नुहुँदै रामबजारमा हुन लागेको लाखे नाच संरक्षण तायाःमचाः महोत्सव २०७४ लाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको उक्त शुभकामना तथा सम्मान कार्यक्रममा पूर्व रामबजार निवासी रामबजार सोसाइटी युकेका सल्लाहकार तथा रामबजार तायाःमचाः महोत्सव २०७४ का अमेरिकाका अर्थ संयोजक भिमसेन कुमार श्रेष्ठले रामबजार ल्याम्हः पुचःलाई कला, संस्कृतिको संरक्षण गर्न ५ हजार सहयोग पठाउनु भएको रकम ल्याम्हःपुचःका अध्यक्ष सुरज कुमार तझ्यालाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा नेवाःखलः कास्कीका अध्यक्ष अशोक पालिखे, नेवाःमिसाःपुचः कास्कीका अध्यक्ष शान्ति उदास, नेवाः पत्रकार पुचः कास्कीका अध्यक्ष सञ्जय मल्ल, नेवाःल्याम्हःपुचः कास्कीका अध्यक्ष रामबहादुर रजक, मिस नेवाः ११३७ का विजेता मिस नेवा सुश्री अंशु शाक्य, श्रीकृष्ण मन्दिर संचालक समितिका अध्यक्ष ज्ञानबहादुर थापा, हंसपुर नेवाःकचःखलःका अध्यक्ष एवम् नेवाःकचःखल कस्कीका सदस्य भैरबलाल श्रेष्ठ र रामबजार मिसाःपुचः रामबजारका उपाध्यक्ष अम्बिका राजभण्डारी लगायतका वक्ताहरुले रामबजारको पहिचानमा तायाःमचाः नाचले एउटा ईटा थप्ने कार्य गरेको बताउनुहुँदै रामबजारमा हुन लागेकोृ तायाःमचाःमा लाखे संरक्षण सँगसँगै तायाःमचाः नाच महोत्सव २०७४ सफल बनाउन सबै रामबजारबासीका साथ पोखरेलीहरु लाग्नुपर्ने विचार राख्नुहुँदै विदेशमा समेत अर्थ संकलन उपसमिति गठन गरेकोमा ३ दिने महोत्सवको सफलताको कामना गर्नुहुँदै सबै मिलि सहयोगी भावना जागरण गराउन पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा रामबजार तायाःमचाः नाच समितिका प्रथम उपाध्यक्ष नारायण श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रममा रामबजार मिसाःपुचःका अध्यक्ष् मैया रन्जीतले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
रामबजार तायाःमचाः नाच समितिका अध्यक्ष सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव किरण रन्जीतले गर्नुभएको थियो ।

LEAVE A REPLY