सूर्य बाँस्तोलापोखरा, २९ चैत ।पोखरा लेखनाथ महानगरपालिका अन्तर्गत राप्रपा १४ को एक भेलाले नयाँ कार्यसमिति चयन भएको छ । भेलाले सर्वसम्मत रुपमा अमृत कार्कीको अध्यक्षतामा पोखरा लेखनाथ १४ गठन गरेको हो । जसको उपाध्यक्षहरुमा मिलन केसी, शोभा गुरुङ्ग, सचिवमा राजेन्द्र भण्डारी, कोषाध्यक्षमा कृष्ण बहादुर कुँवर सहसचिवमा श्याम सिके, सदस्यहरुमा मिठु कार्की, प्रेम बहादुर भण्डारी, सिता परियार, मोहन केसी, कमला कार्की, मिना सुवेदी, शान्ति परियार, सुजन गुरुङ्ग, गणेश मिश्र रहनु भएको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बास्तोलाले बताउनुभयो ।
उक्त कार्यक्रममा पूर्व केन्द्रीय सदस्य प्रमुख अतिथि रोम बहादुर भण्डारीले राष्ट्रवादी शक्तिहरु एक भई अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग, पूर्व मेयर भिमसेन थापा लगायतले हिन्दुराष्ट्र अपरिहार्य रहेको बताउनुभयो ।
इकाई अध्यक्ष अमृत कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राजेन्द्र भण्डारीले गर्नुभएको थियो ।

LEAVE A REPLY