पोखरा, १६ बैशाख । यही बैशाख ३१ गते सम्पन्न हुन गइरहेको स्थानीय निकाय निर्वाचनका पोखरा लेखनाथ महानगरपालिका निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गरेको छ ।
पोलेमनपा राप्रपाको पोखरा १० उत्तमचोकमा रहेको निर्वाचन परिचालन समितिको कार्यालयको पार्टीका सहायक महामन्त्री तथा गण्डकी अञ्चल संयोजक हेमजङ्ग गुरुङ्गले शनिवार उद्घाटन गर्नुभएको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बास्तोलाले जानकारी दिनुभयो ।
प्रमुख अतिथि गुरुङ्गले स्थानीय तह निर्वाचनमा राप्रपालाई जिताउन सबै कार्यकर्ता सक्रियतापूर्वक तेरो मेरो नभनिकन तन, मनले लाग्नुपर्ने बताउँनुभयो । विदेशीको इसारामा हिन्दु राष्ट्र बेचिएको आरोप लगाउँदै हिन्दु राष्ट्र फर्काइ अखण्ड राष्ट्र नेपाल संरक्षण गर्न राप्रपाले जित हासिल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व केन्द्रीय सदस्य जेवि कुँवर, जिल्ला उपाध्यक्ष बरुणबिक्रम राणा, क्षेत्रीय अध्यक्ष तथा मेयरका उम्मेदवार गिता गुरुङ्ग लगायतले राप्रपालाई जिताउन सबैले एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
राप्रपा पोखरा लेखनाथ महानगरपालिका अध्यक्ष तथा उपमेयरका उम्मेदवार रमेश बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सदस्य सुष्मा त्रिपाठीले गर्नुभएको थियो ।
विगत ३० वर्षदेखि सक्रिय रुपमा नेपाली काँग्रेसमा लागि पर्नुभएकी पार्वती बाँस्तोला राष्ट्रियता बचाउने सवालमा राप्रपाको पार्टी सिद्धान्त मन परेको बताउँदै पार्टी प्रवेश गर्नुभएको छ । उहाँलाई कार्यक्रममा अवसरमा पार्टीको सदस्यता समेत प्रदान गरिएको थियो ।
निर्वाचन कार्यक्रमलाई सफल बनाउन रा राप्रपालाई विजयी गराउन राप्रपा कास्कीका पोखरा नगरका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम भइरहेको छ ।

LEAVE A REPLY