पोखरा, २४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीको साविक पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाको नगरको समायोजन भई बनेको पोखरा लेखनाथ महानगरपालिकाको नगर अध्यक्षमा रमेश बहादुर खत्री चयन भएका छन् ।
बिहीवार साविकका दुवै नगरपालिकाका नगर कमिटीको पदाधिकारी लगायत राप्रपा कास्कीको सहभागितामा भएको भेलाले खत्रीलाई अध्यक्षमा चयन गरेको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बास्तोलाले जानकारी दिनुभयो । कमिटीको उपाध्यक्षहरुमा कृष्णराज रेग्मी, हेमबहादुर हमाल, महिला उपाध्यक्षमा सरस्वती पौडेल, सचिवमा अनिल के.सी. र कोषाध्यक्षमा मनिष के.सी. लगायत सदस्यहरु रहनुभएको छ ।
भेलामा राप्रपा कास्कीका अध्यक्ष जयलाल पुन लगायत पार्टीका पदाधिकारी लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY