पोखरा, २२ चैत । पोखरा लेखनाथ महानगरपालिका अन्तर्गत पर्ने वडाहरुको राप्रपा कास्कीको समायोजन कार्यक्रम अन्तिम चरणमा पुगेको छ । जस अन्तर्गत मंगलबार वडा नं.१३ र २२ को वडा समायोजन भेला सम्पन्न भएको छ ।

भेलाले साविक पोखरा १३ र २२ मिलेर बनेको नयाँ वडा नं. १३ मा कृष्णराज बरालको अध्यक्षतामा २७ सदस्यीय राप्रपा वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षहरुमा रामेश्वर कोइराला, लेखनाथ बराल, मुक्त कुमारी मेजान खातुन, सचिवमा भोजराज बराल, सहसचिवमा ध्रुव बराल, कोषाध्यक्षमा डण्डीराज बराल, सहकोषाध्यक्षमा हरिराम अधिकारी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा कृष्णप्रसाद बराल, खड्ग बहादुर भुजेल, रहमद मियाँ, सखरम मियाँ, खिमादेवी गुरुङ्ग, सावित्री परियार, सर्फराज मियाँ, लालबहादुर नेपाली, राधादेवी बराल, विकल लामिछाने, लक्ष्मी गुरुङ्ग, बविता गुरुङ्ग, जमुना तिमिल्सिना, हनिफ मियाँ, सुमित्रा वि.क., बलराम सिग्देल, लालबहादुर परियार, भगवती बराल, लेखबहादुर गुरुङ्ग रहेको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बास्तोलाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनले धर्म परिवर्तन गराएर मुलुकलाई संकटमा पार्ने खेल भइरहेको अरोप लगानुभयो । उहाँले मुलुकमा २० वर्ष पछि मुलुकमा स्थानीय निकायको चुनाव हुन गइरहेकोले यो महत्वपूर्ण हुने बताउँदै चुनावको तयारीमा लाग्न सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सल्लाहकार नारायण गुरुङ्ग, उपाध्यक्ष बरुणबिक्रम राणा, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग, नगर अध्यक्ष रमेश बहादुर खत्री लगायतले बोल्नुभएको थियो ।लेखनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महिला नेतृ विष्णु कार्कीले गर्नुभएको थियो ।

LEAVE A REPLY