पोखरा, २४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले यस क्षेत्र अन्तर्गतका ३ वटै क्षेत्रमा प्रदेश सभाको लागि आफ्नो उम्मेदवारी दिएको शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराउँदै विचलित नभई सम्पूर्ण राष्ट्रवार्दी शक्ति एक भई निर्वाचनमा लाग्न आग्रह गरेको छ ।

सोही कार्यक्रममा राप्रपा कास्कीले एक प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक ध्रुवीकरणको यस परिस्थितिमा राप्रपाले नेपाली काँग्रेससँगको सहकार्य र प्रजातान्त्रिक गठबन्धनमा सहभागी हुने र प्रतिनिधि सभामा ७ सिट र प्रदेश सभामा २७ सिट दिने सहमति अनुसार राप्रपाको केन्द्रीय समितिको निर्देशन बमोजिम ३ वटै क्षेत्रमा उम्मेदवारी नदिएको र प्रदेश सभामा जिल्लास्तरमा नेपाली काँग्रेससँग आपसी छलफलबाट सहमतिमा उम्मेदवार दिने भनिएकोमा नेका कास्की नेतृत्वसँग सम्पर्क र छलफल हुँदा कुनै पनि क्षेत्रमा समन्वय हुन नसकेको सन्दर्भमा राप्रपा कास्की सोच्न बाध्य भएको जनाएको छ ।

विज्ञप्तिमा राप्रपाको प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ सहमतिमा उम्मेदवारी नदिइएको र प्रदेश सभातर्फ पनि कुनै पनि उम्मेदवार नहुँदा राप्रपाको उपस्थिति कमजोर देखिने र प्रतिनिधि तथा प्रदेश सभाका समानुपातिक उम्मेदवारलाई समेत मत माग्न जनता समक्ष पुग्न कठिनाई हुने हुँदा हामीले प्रदेश सभातर्फ उम्मेदवार दर्ता गराएको बताएको छ ।

राष्ट्रिय पार्टी बन्न प्रतिनिधि÷प्रदेश सभामा क्रमशः ३ प्रतिशत र १.५ प्रतिशत थ्रेस होल्ड मत प्राप्त गर्न कठिनाई हुने देखिएकोले राप्रपा कास्कीको ३ वटै क्षेत्र अन्तर्गतका ३ वटै क्षेत्रका प्रदेशसभाका ५ स्थानमा उम्मेदवार कायम राखी निर्वाचनमा भाग लिन लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

साथै राप्रपा केन्द्रले पार्टीको १ सय ४५ जनाले उम्मेदवारी फिर्ता लिएकोमा कास्की नपरेको समेत सोही अवसरमा जानकारी गराएको मिडिया नेपालका जिल्ला उपाध्यक्ष सुरेश सिल्पकारले बताउनुभयो ।

राप्रपा कास्कीले प्रदेश सभा अन्तर्गत क्षेत्र नं. १ (क) देउ बहादुर गुरुङ्ग ध्रुव, क्षेत्र नं. २ (क) विष्णु खड्का कार्की (ख) विष्णु बहाुदर खत्री, क्षेत्र नं. ३ (क) धनुमाया बोहरा र (ख) केदारनाथ पौडेल तथा समानुपातिक तर्फ प्रतिनिधिसभामा जयलाल पुन, डा.भिमसेन गुरुङ र प्रदेशसभामा रञ्जना सेन पौडेल, शिव प्रसाद चालिसे, सावित्री दर्जी र गिता गुरुङलाई उम्मेदवार बनाएको राप्रपा कास्कीका प्रचारप्रसार सहसंयोजक सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।

LEAVE A REPLY