पोखरा, २७ कार्तिक ।  राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले दोस्रो चरण अन्तर्गत सम्पन्न हुन गइरहेको कास्कीका तीनवटै क्षेत्रबाट प्रदेश सभाको निर्वाचनको प्रचारप्रसार तिव्र पारेको छ ।
प्रचारप्रसार अन्तर्गत कास्कीको क्षेत्र नं. १ अन्तर्गत बेगनासताल, बुढिबजार, अर्घौं, तालचोक लगायतका क्षेत्रमा चुनावप्रचारप्रसार तथा घरदैलो कार्यक्रम सम्पन्न भएका छ । सोही अवसरमा क्षेत्र नं. १ (क) का प्रदेश सभाका प्रत्यक्ष तर्पका उम्मेदवार देउ बहादुर गुरुङ्ग ध्रुवले युवा शक्तिलाई अगाडि बढाई देशलाई भ्रष्टाचारमुक्त शासन व्यवस्था गर्ने एक मात्र पार्टी राप्रपा भएको बताउनुभयो ।
त्यसैगरी क्षेत्र नं. २ पोखरा ९ स्थित पार्वतीटोल, शिवटोल, बसपार्क परिक्रमा गरी कोणसभा सम्पन्न गरिएको थियो । सभामा बोल्दै प्रदेश नं.४ का संयोजक तथा प्रदेश तर्फका समानुपातिक उम्मेदवार हेमजंग गुरुङ्गले निर्धक्कसँग मतदान गर्न मतदाताहरुलाई आग्रह गर्दै हिन्दु राष्ट्र बचाउन सबै कार्यकर्ता एकजुट भई निर्वाचनमा लाग्नुपर्ने बताउनुभयो ।
अर्का वक्ता जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा समानुपातिक उम्मेदवार जयलाल पुनले आफ्नो पुख्र्यौली कुल धर्मको रक्षार्थ सम्पूर्ण राष्ट्रवादी शक्ति दत्तचित्त भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशका समानुपातिकका उम्मेदवार शिवप्रसाद चालिसे, गीता गुरुङ्ग, रञ्जना सेन पौडेल, सावित्री दर्जी लगायतले बोल्नुभएको थियो ।
प्रचारप्रसार कार्यक्रममा विभिन्न क्षेत्र क्षेत्र अन्तर्गतका उम्मेदवार लगायत स्थानीय कार्यकर्ता तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
राप्रपा कास्कीले प्रदेश सभा अन्तर्गत क्षेत्र नं. १ (क) देउ बहादुर गुरुङ्ग ध्रुव, क्षेत्र नं. २ (क) विष्णु खड्का कार्की (ख) विष्णु बहाुदर खत्री, क्षेत्र नं. ३ (क) धनुमाया कोइराला र (ख) केदारनाथ पौडेल तथा समानुपातिक तर्फ प्रतिनिधिसभामा जयलाल पुन, डा.भिमसेन गुरुङ र प्रदेशसभामा रञ्जना सेन पौडेल, शिव प्रसाद चालिसे, सावित्री दर्जी र गिता गुरुङलाई उम्मेदवार बनाएको राप्रपा कास्कीका प्रचारप्रसार सहसंयोजक सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।

LEAVE A REPLY