पोखरा, २० बैशाख । यही बैशाख ३१ गते सम्पन्न हुन गइरहेको स्थानीय निकाय निर्वाचनमा कास्कीको महानगर र सबै गाउँपालिकामा राप्रपा कास्कीको तर्फबाट मनोनयन दर्ता भए लगत्तै राप्रपा कास्कीको पोखरा महानगरपालिका र अन्य चार गाउँपालिकामा प्रचारप्रसार अभियानलाई तिव्रता दिएको छ ।
देशभक्ति राष्ट्रवादीहरुको आत्माको केन्द्रविन्दु रहेको राप्रपाका उम्मेदवारहरुले आफ्नो पक्षमा जनलहर सृजना गर्न नगरका वडा र गाउँका वडाहरुमा राप्रपा पार्टीले अबलम्बन गरेका घोषणापत्र, आह्वान पत्र लिएर जनतासामु घरदैलो कार्यक्रममा परिचालित भएका छन् ।
देशलाई सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था लगायत राप्रपाको मुल नारा सहित कास्कीका नेता तथा कार्यकर्ताहरु आफ्नो पक्षमा बहुमत ल्याउने उद्देश्यका साथ लागि परेको राप्रपा कास्कीका सहसचिव तथा मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बास्तोलाले बताउनुभयो ।
स्थानीय तह निर्वाचनमा राप्रपालाई जिताउन सबै कार्यकर्ता सक्रियतापूर्वक तेरो मेरो नभनिकन तन, मनले लाग्नुपर्ने, विदेशीको इसारामा हिन्दु राष्ट्र बेचिएकोले देशको अस्मिता बचाउन राप्रपा सँधै अग्रपंक्तिमा उभिने राप्रपाका पोखरा लेखनाथ महानगरपालिकाका मेयरपदका उम्मेदवार गीता गुरुङ्गले बताउनुभयो ।

LEAVE A REPLY