बैशाख १७, २०७४ काठमाडौं : राप्रपा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेकोमा असहमति जनाउँदै सरकारबाट बाहिरिने संकेत गरेको छ।

सरकारमा बाहिरिनेबारे निर्णय गर्न राप्रपाले सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। राप्रपा अध्यक्ष कमल थापा निकट स्रोतका अनुसार बैठकले राप्रपाले सरकारबाट बाहिरिने निर्णय गर्नेछ।

राप्रपाका १० जना सांसदले संविधान संशोधन प्रस्तावको पक्षमा जान नसक्ने गरी मोर्चाबन्दी सुरु गरिरहेका बेला सरकारबाट बाहिरिँदा पार्टी एकता मजबुत हुने ठम्याइ राप्रपा नेतृत्वको रहेको छ।

LEAVE A REPLY