पोखरा, ०८ बैशाख । आगामी वैशाख ३१ गते हुने स्थानिय निर्वाचनका लागि पोले महानगरपालिकाका लागि उपमेयर पदका लागी राप्रपा पार्टीका पोले महानगरका अध्यक्ष रमेशबहादुर खत्रीलाई उठाउने निर्णय गरेको छ।

खत्रीलाई उपमेयरको उमेदवार वनाउन महानगरका ३३ वडा ईकाई समिति, महानगर समिति र जिल्ला समितिले निर्णय गरेको खत्रीले वताएका छन् ।

२०५५ सालदेखी राप्रपा पार्टीको मुल्यमान्यता र सिद्धान्तमा रही राजनीतिमा प्रवेश गरेका खत्री विभिन्न सामाजिक संस्था हरुको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन् । उपमेयरका आकाँक्षी खत्रीले पार्टीबाट टिकट पाएमा पोलेमनपालाई नमुना प्रदुषण मुक्त हरियाली शहरमा परिणत गर्ने र विश्वकै सुन्दर पोखरालाई नमुना शहर बनाउने प्रतिबद्धता गरेका छन् ।

LEAVE A REPLY