काठमाडौं, बैशाख २८ । भारतको राजस्थानमा वैवाहिक समारोह भइरहेको हलको पर्खाल भत्किँदा २४ जनाको मृत्यु भएको छ ।

राजस्थानको भरतपुर जिल्लामा तीव्र गतिमा चलेको हुरीका कारण विवाह समारोह भइरहेको हलको पर्खाल भत्किँदा २४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

९० फिट लामो तथा १२ फिट अग्लो पर्खाल भत्किँदा ज्यान जानेमा सात महिला र चार बालबालिका छन् ।

घटनामा २८ जना घाइते भएका छन् । भरतपुरको सिवर रोडमा रहेको एक हलमा विवाह समारोह भइरहेका बेला तीव्र गतिमा हुरी चलेपछि त्यसबाट बच्न मानिसहरु पर्खालको आडमा आएका थिए ।

त्यही बेला पर्खाल भत्किएकाले धेरै क्षति भएको समाचार संस्था पिटीआईले जनाएको छ ।

@एजेन्सी

 

 

 

LEAVE A REPLY