काठमाडौं, वैशाख ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानबाट संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र नहटाउन माग गर्दै निर्वाचन आयोगलाई आइतबार स्मरणपत्र बुझाएको छ ।

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमन्डलले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवलाई सो पत्र बुझाएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

आयोगले गत चैत ४ गते सो पार्टीले अवलम्बन गरेको सिद्धान्तमध्ये ती दुई विषय संविधानानुकूल नरहेको भन्दै खारेज गरेको थियो ।त्यसबारे चैत ७ गते पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा प्रमुख आयुक्त डा. यादवलाई ज्ञापनपत्र बुझाइएको थियो ।

उपाध्यक्ष तामाङले मुलुकमा भएका दुई निर्वाचनमा सोही सिद्धान्तका आधारमा पार्टी सहभागी भइ जनताको विश्वास प्राप्त गरेकाले त्यसलाई हटाउने आयोगको निर्णय पुनःविचार गर्नुपर्ने माग गरे ।

@रासस

 

LEAVE A REPLY