काठमाडौं, जेठ ३० – राजपाले चुनावमा भाग लिने लिखित प्रतिबद्धता जनाए केही ठाउँको चुनाव सार्न सत्तारुढ दल सकारात्मक देखिएका छन् ।

मुख्य विपक्षी एमालेसहित कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक फोरमका शीर्ष नेताको बैठकमा सत्तारुढ दलका नेताले घुमाउरो ढंगले राजपा चुनावमा सहभागी हुने भए प्रदेश नम्बर २ र ५ को चुनाव सार्नुपर्ने प्रस्ताव गरेका थिए ।

बैठकपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले भोली राजपासहित पाँचदलको बैठक बसेर यसबारे निर्णय गर्ने सहमति भएको बताउनुभयो ।

उहाँले सरकार असार १४ गतेका लागि तोकिएको चुनाव सार्नु हुँदैन भन्नेमा प्रतिवद्ध रहेको भन्दै तर राजपाले चुनावमा सहभागि हुने लिखित प्रतिवद्धता जनाए चुनावको मिति केही दिन सार्न सकिनेबारेमा भोली फेरि छलmल गर्ने बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबारको बैठकमा सत्तारुढ दलले चुनावको मिति सार्न खोजेको झल्को दिएको तर एमालेका लागि यो मान्य नहुने बताउनुभयो ।

राजपाले चुनावमा भाग नलिने घोषणा गर्दै आन्दोलन घोषणा गरेपछि प्रधानमन्त्री शेरवहादुर देउवाले मुख्य विपक्षी सहित ३ वटा सत्तारुढ दलका नेताको बैठक बोलाउनुभएको हो । @ujyaaloonline

 

LEAVE A REPLY