पोखरा, बैशाख २८
कास्कीमा गठीत निर्वाचन बालअधिकार अनुगमन समितिले चुनाब प्रचार प्रसारमा बालबालीका को प्रयोग भएको भन्दै बिभिन्न राजनितिक दललाइ ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा माओबादीको पार्टी कार्यलमा बैशाख २७ गते पुगी राजनितिक दललाई बालबालीकाको प्रयोग नगर्न अनुरोध गरेको हो ।
यसअघि स्थानीय तहको चुनाब प्रचार प्रसारमा बालबालीकाको प्रयोग नगर्ने प्रतिबद्धता राजनिति दलले जनाइसके तापनी समितिको अनुगमनका क्रममा बालबालीकाको प्रयोग भएको देखीएकाले ध्यानाकर्षण गराएको हो । बैशाख १३ गते गठन भएको उतm समितिले स्थानीय तहको निर्वाचनमा बालबालीकाको प्रयोग हुन नदिन महिला तथा बालबालीका कार्यलय,केन्द्रिय बालकल्याण समिति, अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक, सिबिन, लगाएत बालबालीकाको क्षेत्रमा काम गर्ने कास्कीमा क्रियाशील २३ बटा सरकारी तथा गैरसरकारी संस्था आबद्ध रहेका छन् । उतm समितिले बालबालीकाको प्रयोग नगरौ भन्ने सन्देशका फ्ेलेक्स प्रिन्ट कास्कीका बिभिन्न सार्बजानीक ठाउँहरुमा टास्ने,ध्यानाकर्षण गर्ने अनुगमन गर्ने,काम गर्दे आएको छ ।

LEAVE A REPLY