काठमाडौं, साउन १८ l कुटुमा कुटु, पूर्व पश्चिम रेल, सुर्के थैलीजस्ता चर्चित गीतका रचनाकार, संगीतकार र गायक राजनराज शिवाकोटीको नयाँ गीत ‘चिरबिर चिरबिर चाँचरी’ युट्युबमा सार्वजनिक भएको छ । यो गीतमा शिवाकोटीलाई स्वरमा साथ दिएका छन् मेलिना राई र ग्रीश्मा शिवाकोटीले ।

रेखा थापाको रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘रुद्रप्रिया’ को यो गीत बुधबार सार्वजनिक भएको हो । रेखा थापा र आर्यन सिग्देलको संयुक्त निर्माण रहेको रुद्रप्रिया आउँदो कार्तिक २ गते लक्ष्मीपूजाका दिन रिलिज हुँदैछ ।

चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, राजन इशानलगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रको निर्देशन सुदीप बबी भूपाल सिंहले गरेका छन् । चलचित्रमा संगीत भने सुरेश अधिकारी, अर्जुन पोख्रेल र राजनराज शिवाकोटीकै रहेको छ । @ Ujyaaloonline.com

LEAVE A REPLY