रसुवा, मंसिर २ l चीनसँगको व्यापारिक नाका रसुवागढीबाट १७ किलो सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्वतीकुण्ड गाउँपालिका-५ पाजुङका ३१ वर्षका कार्साङ दावा तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारी अनुसार चीनको केरूङबाट बा ११ च ७९१८ नम्बरको बोलेरोमा फल्स बटम बनाई सुन ल्याएको विशेष सुराकी पाएपछि गाडीको जाँच गर्ने क्रममा सुन फेला परेको हो ।

ट्वाइलेट पेपर र सरफ बोकेर आएको उक्त बोलेरोमा सामग्री राख्ने ठाउँमा नै फल्स बटम बनाएर सुन ल्याएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY