रसुवा, जेठ २ – रसुवाको पाँच वटा गाउँपालिकाको १७ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको नतिजा अनुसार रसुवामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।  नेकपा एमालेले ७, नयाँ शक्ति पार्टी नेपालले ५, नेपाली कांग्रेसले ४ र नेकपा माओवादी केन्द्रले १ वडामा जित हासिल गरेका छन् ।

अब १० वटा वडाको मत गन्न बाँकी छ । नौकुण्ड, उत्तरगया र गोसाइकुण्ड गाउँपालिकाको मत परिणाम मंगलबार रातिसम्म आइसक्ने निर्वाचन अधिकृतहरुले बताएका छन् । कालिका र पार्वतीकुण्ड गाउँपालिकाको नतिजा भने बुधबार रातिसम्म आउने बताइएको छ ।

@Ujyaaloonline

LEAVE A REPLY