काठमाडौं,१८ कात्तिक  । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह प्रतिस्पर्धी रविन्द्र मिश्रमाथि खनिएका छन् ।

पूर्वपत्रकार समेत रहेका मिश्र काठमाडौं १ मा विवेकशील साझा पार्टीका उम्मेदवार हुन् भने एमाले र माओवादी गठबन्धनबाट अनिल शर्मा चुनावी मैदानमा छन् ।

शनिबार आयोजित चुनावी कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले मतदान गर्नुअघि चार पटक सोच्न मतदातालाई आग्रह गरेका छन् ।

आवेगमा आएर मतदान नगर्न आग्रह गर्दै उनले भने, ‘देश हाँक्छु भनेर हिँडेका नेताहरुलाई जिताउँदा राम्रो हुन्छ कि विदेशमा बसेर डलर कमाएर आएकाले म सुधार गर्छु रे ! के सुधार गर्नुहुन्छ ?’

मिश्रप्रति लक्षित गर्दै सिंहले आफू लोकतन्त्रका लागि लडिरहँदा राजतन्त्रको पक्षमा कमल चोप्नेहरु अहिले क्रान्तिकारी उम्मेदवार बनेर आएको बताए ।

कांग्रेस नेता सिंहले रविन्द्र मिश्रका पितालार्इ समेत गाली गर्न भ्याए । उनले अघि भने, बहुदलीय व्यवस्था ध्वस्त नभएसम्म घरबाट बाहिर आउँदिन भन्नेको छोरा र तपाईहरुलाई रैतीबाट जनता बनाउने पिताको छोरा उम्मेदवार छ ।’

भारतीय चुनावमा सुपरस्टारले ठूला नेताहरुलाई हराउने तर, ५/६ महिनापछि काम गर्न सकिँन भनेको स्मरण गर्दै सिंहले भने, ‘यहाँ पनि नहोला भन्ने के ग्यारेन्टी ?’

कांग्रेस नेता सिंहले वाम गठबन्धनको पनि आलोचना गरे ।

  • onlinekhabar.com

LEAVE A REPLY