पोखरा, १५ कार्तिक । पोखरा ८ रत्नचोकस्थित रत्नज्योति माध्यमिक विद्यालयमा विद्यालयको वार्षिक क्यालेण्डर अनुसाुर सदनस्तरीय भलिबल तथा फोर–ए–साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

अतिरिक्त क्रियाकलाप प्रमुख बिक्रम बरालद्वारा आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन विद्यालयका संस्थापक हेमन्त अधिकारीले गर्नुभएको थियो ।

विद्यालयका शिक्षक विश्वास गुरुङ्गद्वारा संचालित उक्त प्रतियोगितामा सिनियर तर्फको भलिबल हरियो सदनका विदुर न्यौपाने, अनिल लम्साल, रोशन आलेमगर, अरुण गुरुङ्ग, जोन सुनार, पृथ्वी गुरुङ प्रमुख हुन सफल भएका थिए भने पहेँलो सदनका सिमन छन्त्याल, निरज गुरुङ, सुजन केसी, इश्वर आलेमगर, विकास गुरुङ्ग, प्रवेश पौडेल, अभिषेक महत द्वितीय भएका थिए ।

जुनियर तर्फको फोर–ए–साइड फुटबल प्रतियोगितामा निलो सदनका खेलाडी प्रयास रानाभाट, अनिष बराम, नयन रानाभाट, समिर बस्नेत, स्वरुप तिवारी, आयुष सापकोटा, एमन गुरुङ्ग प्रथम हुन सफल भएका थिए भने हरियो सदनका शैलेस नेपाली, राहुल सुनार, दावा लामा, मिजास देवकोटा, सन्देश तामाङ, शिशिर खनाल, रोहत श्रेष्ठ द्वितीय भएका थिए ।

LEAVE A REPLY