????????????????

काठमाडौं, जेठ ६ l महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएर चर्चामा आएकी विवेकशील पार्टीकी नेतृ रञ्जु दर्शनाको चर्चा झनै चुलिदै गएको छ । ठूलो तामझामविना कलिलै उमेरमा पुराना र निकै खारिएका नेताहरुसँग चुनावमा होमिँदा उहाँलाई धेरैले कर्के नजरले पनि हेरे ।

तर जव मतगणना सुरु भयो उनको चर्चा झनै चुलियो । हिजोआज उहाँको चर्चा दिनदिनै बढ्दै छ । कारण हो, उहाँले पाएको भोटले ठूला दलको टाउको दुखाएको छ । सानै उमेरमा काठमाडौं महानगर हाँक्न सक्छु भनेर चुनावमा होमिएकी रञ्जु दर्शनाको क्रेज निकै बढेको छ । आमा र हजुरआमा उमेरका अँगालो मारेर रोएका दृष्यले सबैको ध्यान तानेकी रञ्जुलाई हिजोआज बाटो हिड्न पनि गाह्रो हुन थालेको छ ।

रञ्जुले कुनै गल्ती गरेर या चुनावमा मुखै देखाउन नमिल्ने गरि थोरै भोट ल्याएको कारणले बाटो हिड्न गाह्रो भएको होइन । बरु उहाँको क्रेजले बाटोमा सेल्फी खिच्ने र अटोग्राफ माग्नेको भिडले बाटो हिड्न पनि गाह्रो हुन थालेको छ ।

‘अहिले त मलाई बाटोमा हिँडदा पनि तपाइँ रञ्जु दर्शना होइन ? प्लीज सेल्फी हानुम न भन्दै धेरैजनाले पछ्याउँछन्’ रञ्जुले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘कलाकारपछि अहिले मान्छेको क्रेज म मा छ जस्तो लागेको छ, यसअघि कुनै पनि नेतामा यस्तो क्रेजी थिएन होला ।’

आफू र नयाँ दलहरुप्रती नागरिकले देखाएको यो क्रेज ठुला दलहरुलाई निकै ठूलो चुनौती भएको रञ्जुको भनाई छ । काठमाडौंमा आएको मतले नयाँ पार्टी र नेतृत्व खोजेको र आफुहरुले यसलाई नयाँ अवसरको ढोका खुलेको संकेतका रुपमा लिएको उहाँले उज्यालो अनलाइनलाई बताउनुभयो । @Ujyaaloonline

LEAVE A REPLY