????????????????

११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार रञ्जु दर्शनाले जित नजिक रहेका विद्यासुन्दर शाक्यलाई बधाइ दिएकी छन् । साथै उनले आफ्नो पनि हार नभई जित भएको बताएकी छन्

काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा पत्रकार सम्मेलन गरी रञ्जुले शाक्यसँगै दोस्रो स्थानमा रहेका राजुराज जोशीलाई पनि बधाई दिए ।

महानगरबासीले दिएको मतको कदर गर्दै पहरेदारको भूमिका खेल्ने उनले बताइन् । ‘यो हाम्रो हार भनेर कसैले सम्झिनुहुन्छ भने त्यो गलत हुनेछ । यो हाम्रो जित हो’ उनले भनिन्, ‘यो जितले के दर्साएको छ भने अबको राजनीतिमा प्रतिस्पर्धा भनेको कुर्सीको होइन, सुशासनका लागि हुनुपर्छ ।’
विवेशील नेपाली दलले रञ्जु दर्शनाकै नेतृत्वमा एक कार्यालय सञ्चालन गरेर ‘नगरवासीको साथी, महानगरको पहरेदार’ अभियान चलाउने बताएको छ । उक्त समूहले नगरवासीलाई आवश्यक सहयोग गर्ने, महानगरले गरेका राम्रा कामको समर्थन र खराब कामको विरोध र खबरदारी गर्ने बताएको छ ।

चुनाव लडेको ठाउँमा तेस्रो शक्ति

विवेकशीलले काठमाडौं महानगरपालिकामा आफु तेस्रो राजनीतिक शक्ति भएको बताएको छ ।

उसले वडादेखि मेयरका लागि आएको मतका आधारमा यस्तो दावी गरेको हो । ८ वटा वडामा उम्मेदवारी दिएको र सबैमा तेस्रो स्थान पाएको विवेकशीले बताएको हो । @Onlinekhabar

LEAVE A REPLY