पोखरा, १० बैशाख । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८ वडा कमिटीको आयोजनामा वृहत युवा भेला आइतबार सम्पन्न भएको छ ।

भेलालाई सम्वोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी कास्कीका सल्लाहकार परशुराम बरालले युवा संघ नेपालमा आवद्ध हुनु भनेको सभ्य, शिष्ट र जवाफदेही हुनु साथै समाज भित्र हुने अन्याय, अत्याचारको विरुद्धमा आफूलाई उभ्याउनु रहेको बताउँदै विसंगतिका विरुद्ध उभिई सभ्य समाजको निर्माण गर्ने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

युवा संघ नेपाल पोखरा ८ का अध्यक्ष प्रदीप शर्माको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमाले नगर कमिटी सदस्य सोमनाथ बराल, नेकपा एमाले ८ का अध्यक्ष राजकुमार गिरी, युवा संघ जिल्ला कमिटी सदस्य सुमन शेरचन, युवा संघ पोखरा ८ का सहसंयोजक इमान गुरुङ्ग, उपाध्यक्ष राजु क्षेत्री लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको संचालन निर्वाचन परिचालन कमिटी सदस्य इश्वर प्रसाद सुवेदीले गर्नुभएको थियो ।

LEAVE A REPLY