पोखरा, ३ वैशाख l युवा संघ नेपाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. १ कमिटिले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदानका साथै रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सो अवसरमा ४१ युनिट रगत संकलन भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद तुल बहादुर गुरुङले स्थानिय तहको चुनाव हुन नदिने तत्व सल्बलाएकाले यसतर्फ सचेत रहनुपर्ने बताए । उनले चुनाव नजिकिँदै गर्दा एमालेको पक्षमा जनलहर देखिएको जिकिर समेत गरे । नयाँ वर्षको अवसरमा रक्तदान जस्तो कार्यक्रम गरेर एमालेको मेरुदण्ड युवाहरु बोलीमात्र नभई काममा समेत अगाडि रहेको स्पष्ट भएको बताए ।

सो अवसरमा विशेष अतिथि युवा संघ नेपालकी उपाध्यक्ष दिलु पन्त, नेकपा एमाले प्रदेश नं. ४ सदस्य श्रीनाथ बराल, एमाले कास्की जिल्ला कमिटी सचिवालय सदस्य मदनकाजी श्रेष्ठ, युवा संघ नेपालका सचिवालय सदस्य दिपक घिमिरे, एमाले कास्की कमिटी सदस्य महेश्वर पोख्रेल, पृथ्वीनारायण क्याम्पसका पुर्वसभापती मेहेन्द्र कतिला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम अध्यक्षता दिपेस शाइ (डोन) ले गरेका थिए भने संयोजन शंकर सैजुले गरेका थिए ।

LEAVE A REPLY