कृष्ण आचार्य

पोखरा २६ चैत । अन्नपुर्ण गाउँ पालिकामा शिब प्रसाद अधिकारीको संयोजकत्वमा युवा संघ नेपाल गाउँ पालिका कमिटी गठन गरिएको छ ।शनिबार सम्पन्न बृहत भेलाले अधिकारीको संयोजकत्वमा ३५ सदस्यीय युवा संघ नेपाल अन्नपुर्ण गाउँ पालिका कमिटी गठन गरेको हो । कमिटीको सह संयोजकमा नबराज केसी, सचिबमा शिव देबकोटा, सह सचिबमा खेम कुबर र कोषाध्यक्षमा अर्जुन बिक चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजिब पहारीले स्थानिय तहको निर्वाचन मार्फत युवाहरु नेतृत्वमा आउनु पर्नेमा जोड दिदै अब यो देश बनाउने जिम्मेवारी युवाहरुको काधमा आएको बताएका छन् ।नेकपा एमाले प्रति युवाहरुको झुकाब बढेको बताउदै उनले स्थानिय तहको निर्वाचनमा एमालेले अत्याधिक मत सहित बिजय हासिल गर्ने दाबी पनि गरे ।

शिब प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य रमेश आचार्य , अनेरास्वबियुका केन्द्रिय सदस्य भरतमान कोने गुरुङ , युवा संघ नेपाल कास्कीका अध्यक्ष बिष्णु पुन , नेकपा एमाले अन्नपुर्ण गाउँपालीकाका युवा तथा स्वयमसेवक संयोजक अर्जुन बहादुर केसी, युवा संघ नेपाल कास्कीका सचिब डिल्ली सुबेदी , युवा संघ अन्नपुर्ण गाउँपालीका वडा नम्वर ६ का संयोजक भरत देबकोटा लगायतले बोलेका थिए । नबराज केसीले संञ्चालन गरेको कार्यक्रममा स्वागत शिब प्रसाद देबकोटाले गरेका थिए ।

LEAVE A REPLY