बुटवल, साउन ३१ । एमाले भ्रातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा प्रसाद तिवारीको हत्यामा संलग्न भएको आरोपमा रुपन्देही प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा तानसेनका २२ वर्षीय सुशान्त लाकौल रहेका छन् ।

लाकौलले व्यापारीलाई धम्क्याएर फिरौती रकम उठाउँदै तिवारी हत्याका मुख्य अभियुक्त मनोज पुनलाई पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ । रुपन्देही प्रहरीले मंगलबार (आज) पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो ।

@imagekhabar.com

 

LEAVE A REPLY