पोखरा, २७ कात्तिक l कास्कीमा नयाँ शक्ति पार्टी नेपालले चुनावी अभियानलाई तिव्र पारेको छ । बैकल्पिक राजनीतिको शुरुवात भन्दै युवा उम्मेदवारहरुलाई अगाडी सारेको नयाँ शक्तिले निर्वाचन परिचालनको सम्पर्क कार्यालय स्थापना गर्ने, आफ्नो चुनावी घोषणापत्रसहित मतदाताको घरदैलोमा पुग्ने अभियानलाई तिव्र पारेको हो ।

पार्टीले सोमबार पोखरा १५ को सम्पर्क कार्यालय उद्घाटन ग¥यो । उद्घाटन समारोहमा बोल्दै नयाँ शक्ति पार्टी कास्कीका संयोजक तथा कास्की क्षेत्र नं. २ को १ तर्फका प्रदेश सभा सदस्य उम्मेदवार हेम बहादुर थापाले देशको एकमात्र एजेण्डा समृद्धी बन्नुपर्ने बताए ।

पुराना राजनीतिक शक्तिबाट समृद्धीको सपना पुरा नहुने भन्दै जनताले नयाँ शक्तिका उम्मेदवारलाई मतदान गर्ने बताए । कास्की क्षेत्र नं. २ को १ अन्तरगत पोखरा लेखनाथ–३३, का टुँडाको मुख, बाघमारा लगायतका स्थानमा उम्मेदवार हेमबहादुर थापा, प्रदेशसभाका समानुपातिक उम्मेदवार चेत बहादुर महतलगायतको संलग्नतामा घरदैलो कार्यक्रमसमेत सम्पन्न भएको छ ।

यता, कास्की क्षेत्र नं. ३ को १ तर्फ प्रदेशसभा सदस्य उम्मेदवार देवी सुवेदी, समानुपातिक उम्मेदवार पार्वती जि.सी., शिबहादुर अधिकारीलगायतको संलग्नतामा पोखरा लेखनाथ–२ बाट घरदैलो अभियानको शुभारम्भ भएको छ ।

LEAVE A REPLY