पोखरा, १५ कात्तिक । लायन्स क्लब अफ पोखरा युनिटी चौतारीको आयोजनामा पिस पोस्टर कार्यक्रम बुधबार सम्पन्न भएको छ । ह्यापी बोर्डिङ स्कुल मासबार पोखरामा आयोजित कार्यक्रममा मदरल्याण्ड बोर्डिङ स्कुलका सुजना विक प्रथम भएकी छन् । मदरल्याण्डकै कपिलराज गाहा द्वितीय र छोरेपाटन उच्च माविका किशोर राई तृतीय भए । ह्यापी बोर्डिङका उत्सव थापा सान्त्वना भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पिस पोस्टर कमिटी चियर पर्सन उर्मिला श्रेष्ठले शान्तिको कामना गर्दै लायन्सले पिस पोस्टर कार्यक्रम आयोजना गरेको बताए ।
क्लबका अध्यक्ष सरस्वती गिरीको सभापतित्वमा आयोजित कार्यक्रममा जोन चियरपर्सन वसन्त गिरी, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष कलाधर बास्तोला, सिर्जना चौतारीका प्रथम उपाध्यक्ष गोपाल थापा लगायतले बोलेका थिए । निर्णायकमा गोपाल श्रेष्ठ थिए ।

LEAVE A REPLY