काठमाडौ, १ मंसिर  l मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सगैँ प्रदेश नम्बर चारमा मुख्यमन्त्रीको दाबेदारी पनि चर्चामा छ । नेपाली काग्रेसबाट धेरै नै छन् भने एमालेबाट दुई जनाको मात्रै नाम छ ।

नेपाली काग्रेस

तीन केन्द्रीय सदस्य दाबेदार

प्रदेश नम्बर ४ मा भने केन्द्रीय नेताहरू नै दाबेदार छन् । कृष्णचन्द्र नेपाली नवलपुर पूर्व १ क, महेन्द्रध्वज जिसी ख, तनहुँ १ क गोविन्द भट्टराई, तनहुँ २ क प्रदीप पौडेल, ख मा धु्रव वाग्ले, कास्की १ क जीवन परियार उम्मेदवार छन् । उनीहरु नै मुख्यमन्त्रीका दाबेदार हुन् । भट्टराई, पौडेल र परियार केन्द्रीय सदस्य हुन् । यीबाहेक कास्की ३ क शारदा पौडेल, स्याङ्जा १ क कमलप्रसाद पंगेनी पनि मुख्यमन्त्रीका दाबेदार हुन् ।

नेकपा एमाले

सचिवदेखि स्थायी समिति सदस्यसम्म दाबेदार

प्रदेश नम्बर ४ बाट एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ मुख्यमन्त्रीका दाबेदार हुन् । पृथ्वीसुब्बा लमजुङ र किरणले तनहुँबाट प्रदेश सभामा उम्मेदवार छन् ।

माओवादी

‘पर्ख र हेर’को रणनीतिमा
माओवादी केन्द्र प्रदेश नम्बर ४ मा ‘पर्ख र हेर’ को अवस्थामा छ । प्रदेश नम्बर १, ३, ४ र ७ मा प्रदेश सभामा उठेका माओवादी केन्द्रका नेताले मुख्यमन्त्रीमा दाबी गरेका छैनन् । इच्छा भएकाले पनि मुख खोलेका छैनन् । निर्वाचन जितेपछि मात्र मुख्यमन्त्रीको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने रणनीति उनीहरूले बनाएका छन् ।

LEAVE A REPLY