जुम्ला, ८ भदौ  l सहचालकले जिप चलाउन खोज्दा तिलानदीमा खसेर आफै वेपत्ता भएका छन् । जिपको पछाडि बसेका यात्रुहरु हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।

‘जिप खसेर नदीको बिचमा गयो, मान्छे जिपभित्र देखिएकै थिए । ठूलो पानीको भेल भएकाले उद्धार गर्न सकिएन । केही समय पछि रात पनि पर्यो’ स्थानीय बासिन्दा कालिबहादुर बोहराले बताउनुभयो । दुर्घटनामा एक बालकलाई सामान्य चोट लागेको छ ।

जुम्लाको पातारासी गाउँपालिका–५ स्थित लोर्पा सडकमा सहचालकले जिप चलाउन खोज्दा नदीमा खसेर उद्धार गर्न नसक्दा वेपत्ता भएको स्थानीय बासिन्दाले बताएका छन् ।

‘उर्थु पातारासी सडकखण्डमा जुम्ला बजारबाट डिल्लीचौर यात्रु लिएर लोर्पामा पुुग्यो चालक उत्रिएपछि सहचालकले चलाउन खोेज्दा सहचालक बेपता भए’ एक स्थानीय बासिन्दाले बताए । भे १ च २१४४ नम्बरको जिप बुधबार बेलुका पातारासी गाउँपालिका–५ लोर्पा नजिकैबाट तिला नदीमा खस्दा सहचालक २६ वर्षका दत्तबहादुर बुढा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो । वेपत्ता बुढाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY