चैत १९ – म्यादी प्रहरीमा भर्ना हुन छनौटका क्रममा तीन जनाको ज्यान गएको छ । छनौटका क्रममा बाँके, विराटनगर र खोटाङमा एक एक जनाको ज्यान गएको हो ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाका डोलबहालुर थारुको मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा एक किलोमिटरको दौड सकेर पुसअप गर्ने क्रममा ज्यान गएको हो ।

यस्तै छनौटमा दौडदै गरेका विराटनगर-१६ बखसीका २७ वर्षका तुलसी राजबंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दौडदै गरेका राजबंशी एक्कासी लडेपछि प्रहरीले उहाँलाई कोशी अञ्चल अस्पताल भर्ना गरेको थियो । अस्पतालमा उपचारको क्रममा दिउँसो ३ बजेतिर राजबंशीको ज्यान गएको प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो । ‘धेरै दौडाएको पनि हैन’ उहाँले भन्नुभयो, ‘छनौटका लागि जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा नै लडेर घाइते भएपछि उपचारको लागि अस्तालमा लैजाँदा ज्यान गएको हो ।’

यस्तै खोटाङमा शनिबार दिउँसो छनौटका लागि दौडने क्रममा केपीलासगढी–४ का २४ वर्षका किशोरकुमार निरौलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक नबिनकिशोर प्रधानले बताउनु भयो । दिक्तेलमा दौडनेक्रममा ढलेका निरौलालाई अस्पताल पुर्‍याए लगत्तै मृत घोषणा गरिएको थियो । बचाउनका लागि (सिपिआर) गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई अस्पतालमै मृत अवस्थामा ल्याइएको थियो ।

@Ujyaaloonline

LEAVE A REPLY