पोखरा, २२ साउन । पोखरा उद्योग वाणिज्य संघले देशका विभिन्न भागमा मौसमी रुघाखोकी र ज्वरो तथा इन्फ््लुएञ्जाले प्रकोपको रुप लिएकोमा चिन्ता व्यक्त गर्दै सचेतता अपनाउन आम नागरिकसँग आग्रह गरेको छ ।
संघका महासचिव दामु अधिकारीद्धारा आइतबार ९ आज ० जारी विज्ञप्तिमा जनताको स्वास्थ्यप्रति संवेदनशील बन्दै रोगको उचित उपचारको व्यवस्था मिलाउन, जनचेतनामूलक कार्यक्रम आयोजना गर्न तथा औषधीमुलोको उचित व्यवस्था गरी छिटो छरितो रोगको पहिचान गर्ने वातारण मिलाउन पोखरा उद्योग वाणिज्य संघ सम्बन्धित निकायसँग जोडदार माग समेत गरिएको छ ।
विज्ञप्तिमा नेपाल सरकार,स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई उधृत गर्दै १०४ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आउने,टाउको र घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने तथा बच्चाहरुमा झाडापखाला लाग्नु इन्फ््लुएञ्जाको लक्षण भएको उल्लेख गरिएको छ । संघले रोगबाट बच्नको लागि खोक्दा र हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले मुख छोप्ने, साबुन पानीले हात धुने, पोषिलो र झोल पदार्थ तथा प्रसस्त पानी पिउने, अनावश्यक रुपले मानिसको भीडभाड हुने ठाउँमा नजाने, शंकास्पद रोगीबाट टाढा बस्ने,आँखा,नाक तथा मुखमा अनावश्यक रुपले हात नलैजाने, सार्वजनिक स्थानमा हिड्दा मास्कको प्रयोग गर्ने,अरुले प्रयोग गरेका रुमाल र कपडा प्रयोग नगर्ने, र घरेलु उपचारले पनि रोग निदान नभएमा उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा जान पनि आम नागरिकलाई अनुरोध गरेको छ । कास्की र आसपासका क्षेत्रमा मौसमी ज्वरोका कारण केही व्यक्तिको ज्यान गएको भन्ने समाचार सार्वजनिक भएको तथा आम नागरिकमा सन्त्रास समेत बढेको सन्दर्भमा संघको यो भनाई सार्वजनिक भएको हो ।

LEAVE A REPLY