बागलुङ, ६ मंसिर l चुनावी अभियान अन्तरगत काठेखोला गाउँपालिका वडा नं. ७ रेश कुँवरथरमा बुधवार चुनावी सभा सम्पन्न भएको छ ।
सभामा बोल्दै प्रदेशसभाका साझा बाम उमेदवार इन्द्रलाल सापकोटाले बागलुङ जिल्लाका २ वटा प्रतिनिधिसभा र ४ वटै प्रदेशसभा बाम गठबन्धनले जित्ने सुनिश्चित भएको दावी गर्नु भयो ।
बाम गठबन्धनले निर्वाचन जित्ने आधारहरु प्रस्तुत गर्दै उहाँले मौन अवधीमा विपक्षीहरुले जनताका बीचमा विभिन्न लोभलालच देखाउने, झुठा आश्वासनहरु बाड्ने र मत खरिद जस्ता कार्य गर्ने भएकाले सचेत भएर पहरेदारी गर्न आग्रह गर्नु भयो ।
जातको नाममा, भुगोलका नाममा मात्रै होइन, पैसा लिएर मत माग्न आउने अवस्था विद्यमान रहेको भन्दै उहाँले त्यस्ता प्रवृतिहरुको डटेर सामना गर्न बाम गठबन्धनका नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।
देश बनाउने भनेका बामपन्थीहरु हुन, कांग्रेसले पटक पटक दुई तिहाइ र स्पष्ट बहुमत पाउदा पनि ५ वर्ष शासन सञ्चालन गर्र्न नसकेकोले अबको ५ वर्षका लागि बाम गठबन्धनलाई परिक्षण गर्न उहाँले आग्रह गर्नु भयो ।
कार्यक्रममा नेकपा एमाले काठेखोला गाउँपालिकाका सहसंयोजक अञ्जु जिसीले १० गतेसम्म अन्य काम छोडेर निर्वाचन सफल पार्न आग्रह गर्दै मतदातालाई राम्रोसंग मतदाता शिक्षा दिनका लागि सबै महिलाहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्थानीय युवा समाजसेवी प्रकाश कुँवरले राष्ट्रियताको संरक्षण र जनताका दैनिक समस्या समाधानमा नेपाली कांग्रेस उदासिन देखिएकाले बामपन्थी गठबन्धनलाई जिताउन जनताहरु इच्छुक रहेको बताउनुभयो । उहाले अबको ५ वर्ष देशमा बामपन्थीको सरकार हुने र त्यो समय देश विकासको महत्वपूर्ण चरण हुने धारणा राख्नुभयो । कुँवरले नेपाली कांग्रेसमा रहेर लामो समय काम गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी हेमन कार्की लगायतका युवाहरु एमाले प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई एमाले जिल्ला अध्यक्ष तथा प्रदेशसभाका उमेदवार इन्द्रलाल सापकोटा, एमाले केन्द्रीय सहकारी विभागका सदस्य रामबहादुर जिसी, काठेखोलाका सहसंयोजक अञ्जु जिसी, जिल्ला कमिटि सदस्य तथा वडा नं. ७ का अध्यक्ष प्रेम लामिछाने, पूर्व क्षेत्रीय अध्यक्ष डिलबहादुर कार्की लगायतले स्वागत गर्नु भएको थियो ।
राष्ट्रियता र जनजिवीकाका सवालमा नेकपा एमालेले लिएको अडान देश र जनताको पक्षमा रहेको भन्दै आफुहरुले कांग्रेस त्यागेर एमाले प्रवेश गरेको युवाहरुले बताएका छन् ।
२०४८ सालदेखि नै रेशमा नेकपा एमालेले ८० प्रतिशत प्राप्त गर्दै आएको थियो । यस पटक कांग्रेस त्यागेर ५० भन्दा बढी सामाजिक कार्यकर्ता तथा युवाहरु एमाले प्रवेश गरेको र बामपन्थी गठबन्धन भएकोले एमालेले ९० प्रतिशत मत पाउने दावी एमाले नेताहरुले गरेका छन् ।

LEAVE A REPLY