रसुवा, मंसिर ४ l चुनावी प्रचारप्रसारमा प्रयोग भएका मोटरसाइकलमा आगजनी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा वाम गठबन्धनले मोटरसाइकल पार्किङ गर्न लाग्दा विवाद भएपछि लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता आगजनी गरेका हुन् ।

घटनामा संलग्न भएको आशंकामा पार्वतीकुण्ड गाउँपालिका–२ ग्रे का ३० वर्षका फुर्पा तामाङ र ५२ वर्षका सन्तु तामाङ, कालिका गाउँपालिकाका ३८ वर्षका विजय लामा र गुल्मी घर भई रसुवामा स्कार्पियो चलाउने ४२ वर्षका रवी थापालाई प्रहरीले पक्राउ गरेको हो ।

घटनापछि बेबारिसे अवस्थामा छाडिएको ७ वटा मोटरसाइकल र एउटा स्कार्पियो प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक धुब्र सिलवालले बताउनुभयो ।

प्रहरीका अनुसार चुनावी प्रचारका लागि गोल्जुङबाट ठूलोहाकु जाने क्रममा वाम गठबन्धनको झण्डा प्रयोग भएको सवारी साधन पार्किङ गर्न नमिल्ने भनेर अवरोध गरेपछि घटना भएको हो । घटना बारे अनुसन्धान भैरहेको कार्यालयले जनाएको छ ।

  • unn.com.np

LEAVE A REPLY