भक्तपुर, वैशाख २८ l भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेकपा (माले) का तर्फबाट उम्मेद्वार बनेका मेयर, उपमेयर र दुई वडा अध्यक्षसहित आठ जना नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

बिहीबार एमाले चाँगुनारायण नगरपालिकाका मेयरको चुनावी सभा कार्यक्रममा नेकपा (माले) का तर्फबाट नगर प्रमुखमा उम्मेद्वारी दिएका साधुराम दाहाल, उपप्रमुखकी उम्मेद्वार लक्ष्मी मगराती, वडा नम्बर ४ का अध्यक्ष उम्मेद्वार रामराज मगराती, सदस्य हरिशरण बोगटी र सीता मिजार एमालेमा प्रवेश गरेका हुन् ।

त्यस्तै वडा नम्बर ५ का अध्यक्षका उम्मेद्वार सुरज बयलकोटी, सदस्य ईश्वर बयलकोटी पनि एमाले प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा एमाले सचिव योगेश भट्टराईले माला र टिका लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।

एमाले चाँगु नगर कमिटीका अध्यक्ष रमेश बुढाथोकी र एमाले नेता श्रीभक्त कासिछ्वाको पहलमा एमाले प्रवेश गरेकाहरूले नेकपा (एमाले) मात्रै अबको सच्चा देशभक्त र नेपालीको भावनाको कदर गर्ने पार्टी भएको बताएका थिए ।

@Ujyaaloonline

LEAVE A REPLY