चितवन, कात्तिक २६ l मुग्लिन–नारायणगढ सडकखण्ड अहिले बन्द भएको छ । बाटो मर्मत र चट्टान हटाउने काम भइरहेकाले बाटो बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाले जनाएको छ ।

बाटो बन्दा हुँदा यो सडकखण्डमा गाडीको लामो जाम छ । शनिबार दिनभरि बन्द भएको सडकखण्ड राति मात्रै एकतर्फी खुलाउन सकिएको थियो । पहाड कटान गर्दा ठूल्ठूला ढुंगा खसेकाले त्यसलाई हटाउन समस्या भएको छ ।

ठूला ढुंगालाई अहिले फुटाएर हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बिहान १० बजेतिर बाटो खुलाएर जाममा रहेका गाडी हटाउने तयारी भएको छ ।

आइतबारदेखि यो सडकखण्डमा कालोपत्रे गर्ने ठाउँमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने ठाउँमा बिचबिचमा सडक रोक्दै काम अघि बढाइनेछ ।

आइतबारदेखि एकहप्ता परीक्षण स्वरुप बाटो रोक्दै, खुलाउँदै मर्मत गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।

LEAVE A REPLY