पोखरा १०, वैशाख । प्रथम मिस कल्चर पश्चिमाञ्चल २०१७ को उपाधि स्याङ्जाकी मञ्जु थापाले हात पारेकी छिन् । उनले वेष्ट हेयर समेत हात पार्न सफल भइन् । विजेता थापाले सुजुकी स्कुटर सहित जाइडस वेलनेसले प्रदान गरेको गिफ्ट ह्याम्पर समेत प्राप्त गरिन् ।

पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिद्वारा आयोजित कार्यक्रममा फष्ट रनर अप तनहुँकी किरण थापा, सेकेण्ड रनर अप पर्वतकी पुनम गुरुङ, थर्ड रनर अप कास्कीकी सरिता तामाङ, फोर्थ रनर अप स्याङ्जाकी कालिका जिटी, भ्यूवर च्वाइस विनिता तिमिल्सिना र अर्गनाइजर च्वाइस एन्जिला अधिकारीले जित्न सफल भएका छन् ।
प्रतियोगितामा मस्ट इन्टिलिजेन्ट÷वेष्ट स्माईल रिना क्षेत्री, वेष्ट क्याट वाक तारा थापा, वेष्ट प्रसनालिटि÷स्किन सविता पौडेल, वेष्ट फिगर एन्जिला अधिकारी, मष्ट युनिक÷क्रियटिभ मालती कार्की, मष्ट व्यूटिफुल पुनम गुरुङ, मष्ट हेल्पफुल सरिता तामाङ, मष्ट कन्फिडेन्स÷पपुलर विनिता तिमिल्सिना, मष्ट फ्रेन्डली लता जोशी, वेष्ट क्लचरल ड्रेस मिना श्रेष्ठ घोसित भए ।
‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूलनाराकासाथ आयोजित प्रतियोगितामा १४ जना फाइनल प्रतिस्पर्धीहरू रहेका थिए । २७ जना अविवाहित युवतीहरूबाट शुरु भएको कार्यक्रम विगत २ महिनादेखि सञ्चालन हुँदै आएको थियो । फाइनल प्रतिस्पर्धीहरूले नेपालका लोपन्मुख जातजातिका भेषभुषा झलकाएका थिए ।
कार्यक्रमको उद्घाटन सांसद शारादा पौडेलले गरेकी थिइन् । कार्यक्रममा बोल्दै पौडेलले विविधतामा एकता भएको मुलुकमा यस प्रकारकाको कार्यक्रमले सँस्कृति जर्गेना गर्न सहयोग पुग्ने बताई । परम्परा र सँस्कृतिको जगेर्ना गर्न सकेमा नेपाली सँस्कृतिको अन्य देशमा पनि प्रवद्र्धन गर्न सकिने स्पष्ट पारिन् ।
पुष्पाञ्जली फेसन एण्ड इभेन्टकी अध्यक्ष शोभा गौतमले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिइन् । सो अवसरमा पोखरा क्रियाशिल विभिन्न आमा समूहहरूलाई सम्मान गरिएको थियो । जसमध्ये बँगलादी आमा समूह वडा नं. ६, म्याग्दीटोल आमा समूह वडा नं. १३, अमरसिंह महिला समुह वडा नं. १०, कालिका मन्दिर परिसर आमा समूह वडा नं. १०, सेराजाग्रीत आमा समूह वडा नं. १७, ढिकालेथर आमा समूह वडा नं. १२, सक्षम आमा समूह वडा नं. १७, शान्ति दर्शन महिला समूह वडा नं. ९, शान्ति समूह वडा नं. १६, जनजाग्रीत आमा समूह वडा नं. १५ रहेका छन् ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत अनन्त कोइराला, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, मुख्य प्रायोजक गोर्खा ब्रुअरीका सेल्स म्यानेजर चक्र बोहरा, म्यानेजर सुमन रेग्मी, लक्ष्मण श्रेष्ठ, सह–प्रायोजक बायो–टिचका जितबहादुर केसी, मेकअप पार्टन जाइडस वेलनेसका कन्ट्रि म्यानेजर कैलाश घिमिरे, सेल्स म्यानेजर सन्तोष सापकोटा, गोल्डेन न्यूजका प्रमुख गंगाधर पराजुली, बार्दली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेशम सापकोटा, एनबीजेके सप्लायर्सका प्रमुख जनक काफ्ले, गोर्खा एण्ड बराह जोलर्सका प्रमुख हरि धमला, सेलुड गोर्खा ट्रेनिङ्ग सेन्टरका प्रमुख राहुल पाण्डे, सल्लाहकारहरू सन्तुमाया लामिछाने, ऋषि आचार्य, मेनका पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको निर्णयकमा पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुनिल मर्सानी, ह्याप्पी बोर्डङ्ग स्कुलका प्रिन्सिपल कविराज बराल, मिस क्लचर नेपाल २०१६ की बिजेता पवित्रा लामिछाने, मिसेस कल्चर नेपाल २०१६ कि बिजेता प्रतिमा शर्मा आचार्य रहेको कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए ।

LEAVE A REPLY