पोखरा २४, असोज ।  हाम्रो संस्कृति हाम्रो पहिचान लोपउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रालीले सञ्चालन गर्दै आएको मिस कल्चर नेपालको चौंथो संस्करणलाई सिजि ब्रुअरी(नेपाल आइस बियर)ले मुख्य प्रायोजन गनै भएको छ । गत मंगलबार एक कार्यक्रममा दुई पक्ष बीच मुख्य प्रायोजन गर्ने सम्झौता भएको हो । सिजि ब्रुअरीका रिजलमा सेल्स म्यानेजर मनोज घिमिरे र पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रालिका अध्यक्ष शोभा गौतमले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
संस्कृतिको सरक्षणको साथै समग्र पोखराको पयर्टन प्रवद्र्धनमा समेत टेवा पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेकोले आफुहरूले मुख्य प्रायोजन गरेको सेल्स म्यानेजर मनोज घिमिरेले बताए । पुष्पाञ्जलीले गर्ने हरेक कार्यक्रममा चौधरी गु्रपले सधैं जसो कुनै न कुनै रूपमा साथ दिएको र उहाँहरूले जुन आशयले निरन्तर प्रायोजन गर्नु भएको छ । त्यो आशलाई जीवन्त राख्न पुष्पाञ्जली सधैं सफल हुने संस्थाकि अध्यक्ष शोभा गौतमले बताइन् ।
असार १० गतेबाट शुरू भएको उक्त कार्यक्रममा विभिन्न चरणहरू पार गर्दै प्रतियोगी हरूलाई यही अशोज ३ गते पोखरा सभागृहमा हुने फाइनल कार्यक्रममा सहभागी गराउने कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए ।

 

LEAVE A REPLY