पोखरा,१२ बैशाख l मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल’को सेल्फ ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । हस्पिटालिटी क्षेत्रलाई लक्षित गर्दै नेपालमै पहिलोपटक फरक शैलीको ‘ट्यालेन्ट कन्टेष्ट’ कार्यक्रममा प्रतियोगिले आफुभित्र रहेको सेल्फ ट्यालेन्टलाई प्रस्तुत गरेका छन् । जेसिस क्लबका पूर्व अध्यक्ष सन्तोष पोख्रेल, होटल बाराहीका सिस्टम डेभलमेन्ट हेड प्रदिप न्यौपाने, महिला उद्यमी इसा अर्गवाल, सेल्क इन्टरनेशनल र मिस पोखरा २०१३ फष्ट रनरअफ शोभा के.सी, एस टु पोर्डक्सनका प्रमुख सिनियर फोटो ग्राफर सुरज श्रेष्ठ यस कार्यक्रमा निर्णायकको भुमिकाको रुपमा रही कार्यक्रमको निर्णाय गरेका थिए । उक्त कार्यक्रममा छनोट विदामा छानिएका ३० जनाले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए । यस कार्यक्रममा प्राप्त गरेको अंक यही १५ गते शुक्रबार हुने फिनालेमा समावेश गरिने भएको छ । फिनाले पोखरा ग्रान्ड होटलमा हुने एपि. इन्टरटेन्मेन्टका प्रबन्ध निर्देश अर्जुन पाण्डेले बताए । उक्त फिनालेका लागि सिनियर पाइलट विजय लामा, स्वरमणी कर्णदास, विनोद बानिया लगायत हस्पिटालिटी इष्र्डसटिजका विशिष्ट व्यक्तित्वहरुद्वारा प्रतियोगिमा मूल्याङ्कन गर्नेछन् ।

LEAVE A REPLY